
काठमाडौं –हलिउड गायिका तथा अभिनेत्री लेडी गागा आफ्ना गीतका साथै विभिन्न गतिविधिका कारण चर्चामा छाइरहन्छिन् ।
सामाजिक सञ्जालमा उनका गतिविधि निरन्तर देख्न पाइन्छ । यसपटक पनि उनले यस्तै काम गरेकी छन् । उनको पछिल्लो ट्वीटको कारण संस्कृत नबुझ्ने उनका फ्यान चकित भएका छन् ।
उनले आफ्नो ट्वीटमा संस्कृतको एउटा श्लोक पोस्ट गरेकी छन् । गागाले लेखेकी छन्, 'लोका समस्ताः सुखिनोभवन्तु' ।
यो मन्त्र उनका फ्यानले धेरैपछि मात्रै बुझे पनि सोसल मिडियामा धेरै भाइरल भएको छ ।
अहिलेसम्म यसलाई ५० हजार भन्दा बढीले लाइक गरेका छन् भने ११ हजारभन्दा बढीले शेयर गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
Lokah Samastah Sukhino Bhavantu
— Lady Gaga (@ladygaga) October 19, 2019