२७ असार २०८३, शनिबार

बरियता विवाद बल्झेपछि गृहमन्त्रालयमा काँग्रेस मन्त्रीहरुको गम्भीर छलफल

कात्तिक २०, २०७४
बरियता विवाद बल्झेपछि गृहमन्त्रालयमा काँग्रेस मन्त्रीहरुको गम्भीर छलफल
काठमाडौं २४ चैत्र - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई मन्त्रिपरिषद्मा दोस्रो वरियता दिने तयारी गरेपछि काग्रेसका तर्फवाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बैठक बसिरहेको छ ।
सिंहदरवार स्थित गृह मन्त्रालयमा दुईघण्टा देखी जारी बैठकमा सरकारबाट बाहिरिने या मन्त्रिपरिषद् बैठक बहिस्कार गर्ने लगायतका विकल्पमा छलफल भइरहेको स्रोतको दावी छ । शहरी विकास मन्त्री अर्जुन नंसिह केसीले स्थानीय निर्वाचन लगायत समसामयिक बिषयमा छलफल भइरहेको जानकारी दिए ।

बरियता विबादको बिषयमा समेत छलफल भएको उनले बताए । ‘संसदको सबभन्दा ठूलो पार्टी तेस्रो बरियतामा बस्ने कुरा हुदैन, सबै मन्त्रीहरुको त्यही भनाइ छ’ मन्त्री केसीले लोकान्तरसँग भने ।

प्रधानमन्त्री प्रचण्डले थापालाई नै दोस्रो बरियता दिने तयारी गरेपछि निधि रुष्ट बनेका हुन् । यसअघि निधिले मन्त्रिपरिषद्मा दोस्रो बरियता नपाए सरकारबाट बाहिरिने संकेत गरेका थिए ।

उपप्रधान एवं गृहमन्त्री निधिले राजीनामा दिएपनि काग्रेस भने तत्काल सरकारबाट नहटने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्