१८ असार २०८३, बिहीबार

अपराध डायरीः आज दिनभर देशभर के–के घटना घटे ?

कात्तिक २०, २०७४
अपराध डायरीः आज दिनभर देशभर के–के घटना घटे ?
काठमाडौं, २४ चैत– आज देशभर के– के घटना भए ? केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार देशभर घटेका घटनाको विवरण यस्तो छः


महिला बेचबिखन गर्ने फरार व्यक्ति पक्राउ ः
काठमाडौं– जिउ मास्ने बेच्ने मुद्दामा काठमाडौं जिल्ला अदालतको मिति २०५८ पुस ९ गतेको फैसलाले जिल्ला नुवाकोट समुन्द्रदेवी–८ बस्ने ४४ बर्षीय विजय लामा भन्ने विजय कुमार तामाङ्गलाई दश वर्ष कैद हुने ठहरी फैसला भएकोमा फरार रहेका लामालाई प्रहरीले पक्राउ गरेको छ । तामाङ्गलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले मंगलबार सामाखुशी काठमाडौंबाट पक्राउ गरेको हो ।
२०५५ सालको कात्र्तिक महिनामा प्रतिबादी विजय कुमार तामाङ्ग समेतका ब्यक्तिहरुले पीडित महिलालाई भारतको दिल्लीबाट कपडा ल्याई काठमाडौंको बालाजुमा बिक्री गर्ने भन्ने बहाना बनाई कपडा खरिद गर्न भनी भारतको मुम्बई स्थित वेश्यालयमा पु¥याई २० हजार मूल्यमा बिक्री गरेको र पीडित महिलाले वेश्यावृत्तिका लागि आफूलाई बिक्री गरिएको थाहा पाई उक्त वेश्यालयबाट भागी नेपाल आएर प्रहरीमा दिएको जाहेरी दरखास्त अनुसार भएको अनुसन्धान पछी काठमाडौं जिल्ला अदालतले उल्लेखित फैसला गरेको थियो ।
तामाङ्गलाई बिहीबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।

भरुवा बन्दुक बरामद ः
ईलाम– दानाबारी–१ हाल माई नगरपालिका–२ चेप्टे स्थित माईखोलाको किनारमा बेवारिसे अवस्थामा खाली भरुवा बन्दुक १ थान फेलापारी प्रहरीले बिहीबार बरामद गरेको छ ।


आगलागीबाट धनमाल क्षती ः
बर्दिया– ठाकुरबाबा नगरपालिका–३ बस्ने बन्धु थारु लगायत ३ जनाको घर तथा गोठमा बिहीबार आगलागी हुँदा करीब ६ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

विभिन्न धनमाल चोरी ः
ललितपुर– महालक्ष्मी नगरपालिका–३ ईमाडोल बस्ने दिपक रानामगरले आफ्नै घरमा संचालन गरेको युनिक ब्रदर्श एण्ड ट्रेड पसलबाट बिहीबार नगद ७ हजार, वेसिन, नोजेल, पानी तान्ने मेसिन लगायत बिभिन्न सरसामानहरू गरी करीब २ लाख ५२ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।


सवारी दुर्घटनामा मृत्यु ः

सिराहा ः लहान नगरपालिका–१० स्थित भित्री सडकखण्डमा स १ त ५७६१ नंबरको ट्याक्टरले बिहीबार सोही स्थान बस्ने मंगल पासवानको छोरा १२ बर्षीय सुमन पासवानलाई ठक्कर दिंदा घाईते भई उपचारको लागि रा.उ.स्मारक अस्पताल लहान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे ः बनेपा नगरपालिका–८ चारदोबाटो चोक स्थित बा ४ ख ३५५१ नंबरको ट्रिपरले बिहीबार बा ८३ प २७७८ नंबरको मोटरसाइकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाइकल चालक रामेछाप–५ बस्ने २६ बर्षीय बिनोद मोक्तानलाई शिरमेमोरियल अस्पताल बनेपा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्