०४ असार २०८३, बिहीबार

राजधानीमा राजनीतिक सरगर्मी, नेताहरू गोसाइँकुण्डको तीर्थाटनमा

कात्तिक २४, २०७६
राजधानीमा राजनीतिक सरगर्मी, नेताहरू गोसाइँकुण्डको तीर्थाटनमा

काठमाडौँ -सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू तीर्थाटनमा निस्केका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य युवराज ज्ञवाली आइतवार गोसाइँकुण्ड पुगेका हुन् ।

राजधानीमा राजनीतिक सरगर्मी बढेका बेला पर्यटन भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने भन्दै नेताहरू गोसाइँकुण्ड पुगेका पुगेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा तस्वीर राख्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले संसारको औंलामा गन्न सकिने सुन्दर देशहरुमध्ये एक हाम्रो देश नेपालको मनोरम स्थल गोसाइँकुण्डको यात्रा रमाइलो भएको प्रतिक्रिया दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्