१२ असार २०८३, शुक्रबार

सुर्खेतमा बेवारिसे शव फेला, अनुसन्धान गर्दै प्रहरी

कात्तिक २५, २०७६
सुर्खेतमा बेवारिसे शव फेला, अनुसन्धान गर्दै प्रहरी

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले बराहताल गाउँपालिकाको भेरी नदीमा बेवारिसे शव फेला पारेको छ ।

भेरी नदीमा शव बगिरहेको जानकारी स्थानीयले दिएपछि प्रहरी टोली खटिएर शवलाई नदीबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

‘बराहताल गापा–२ कुसमस्थित भेरी नदीको किनारामा १ जना पुरुष व्यक्तिको शव बगिरहेको भनि स्थानीयले प्रहरी चौकी रानीघाटमा जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवि रावलले भने, ‘सोही सूचनाका आधारमा तत्काल प्रहरी टोली खटी गई स्थानीय र प्रहरीको संयुक्त टोलीले बगिरहेको शवलाई बाहिर निकाली शवलाई हेर्दा नाम, थर, वतन नखुलेको वर्ष ३५–३६ को पहाडी मुलुकको जस्तो देखिने पुरुष व्यक्ति रहेको र थप अनुसन्धानको लागि तालुक ईप्रका बाबियाचौरबाट प्रनि ज्ञानबहादुर खत्रीको कमाण्डमा टोली खटाएर थप अनुसन्धान भइरहेको छ ।’

घाइते चितुवा फेला

वीरेन्द्रनगर नगरपालिका–१ गिरीघाटस्थित गंगटे खोलामा घाइते चितुवा फेला परेको छ । स्थानीयले प्रहरी चौकी बाङ्गेशिमलमा जानकारी गराएपछि प्रहरी टोली खटिएको र डिभिजन वन कार्यालय सुर्खेतका निमित्त प्रमुख टेकबहादुर रावल सहितको टोलीले घाइते चितुवालाई डिभिजन वन कार्यालय सुर्खेतमा ल्याएर राखेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जसँगको समन्वयमा चितुवालाई पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्