०४ असार २०८३, बिहीबार

पौने ३ करोड ठगी प्रकरण : पद्म ज्योतिविरुद्ध पक्राउ पूर्जी जारी

कात्तिक २५, २०७६
पौने ३ करोड ठगी प्रकरण : पद्म ज्योतिविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं – काठमाडौं जिल्ला अदालतले ल्यान्डमार्क हाउजिङ प्रकरणमा उद्योगी पद्म ज्योतिलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । 

२ करोड ७० लाख ठगी प्रकरणमा ल्यान्डमार्क डेभलपर्स प्रालिका सञ्चालक रहेका पद्मलाई अनुसन्धानको लागि पक्राउ पूर्जी जारी गर्न प्रहरीले अदालतमा माग गरेको थियो ।

प्रहरीको मागलाई सदर गर्दै पक्राउ पूर्जी जारी गरिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।

पूर्व सहायक अर्थमन्त्री डा. रुप ज्योतिलाई प्रहरीले कात्तिक २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो भने उनकी छोरी सुरुचि ज्योतिलाई २२ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंबाट पहिलो पटक ३ दिन र दोस्रो पटक ५ दिनको म्याद थपेर दुवैमाथि अनुसन्धान भइरहेको छ ।

ल्यान्डमार्क हाउजिङको नाममा विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले यसअघि विक्रम संवत् २०७५ मंसिर २० गते पक्राउ पूर्जी जारी गरेको थियो तर रुप ज्योतिले मंसिर २४ गते सर्वोच्चमा निषेधाज्ञा रिट दायर गरेका थिए । उनको निषेधाज्ञा रिट सर्वोच्च अदालतले कात्तिक २० गते खारेज गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्