
चितवन – पूर्वी चितवनको भण्डारामा टिप्परबाट खस्दा सोमवार साँझ सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका–५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालाका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना३ख ३७७८ नम्बरको टिप्परको ढोकाबाट खस्दा गम्भीर घाइते थारूको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।