१३ असार २०८३, शनिबार

नवजात शिशुको दुवै हातमा ६–६ औंला, बढी औंला काटिन् नर्सले, शिशुको मृत्यु

कात्तिक २६, २०७६
नवजात शिशुको दुवै हातमा ६–६ औंला, बढी औंला काटिन् नर्सले, शिशुको मृत्यु

काठमाडौं – भारतको उत्तर प्रदेशस्थित हरदोईमा रहेको एक सरकारी अस्पतालमा एक नर्सले एक नवजातको औंलाहरू काटिदिँदा शिशुको मृत्यु भएको छ । 

ती नवजातका दुवै हातमा ६–६ औंला थिए । नर्सले जान्ने भएर प्रत्येक हातको एक–एक औंला काटिदिइन् । त्यसपछि शिशुको स्वास्थ्य बिग्रियो र मृत्यु भयो । 

शिशुका पिताले नर्स विद्या देवीविरुद्ध उजुरी दर्ता गरेका छन् । प्रहरीले हत्याको उजुरी दर्ता गरेर अनुसन्धान शुरू गरेको छ । 

शनिवार राति बाड करेंखा गाउँमा बस्ने लक्ष्मी नामक महिला प्रसव पीडा भएपछि बिलग्रामको सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना हुन आएकी थिइन् । आइतवार बिहान उनले छोरा जन्माइन् । नवजातको दुवै हातमा ६–५ औंला थिए । 

लक्ष्मीका पति रवीन्द्रले नवजातको एक–एक औंला नर्स विद्या देवीले काटेको आरोप लगाए । बच्चाको स्वास्थ्य बिग्रे पनि स्वास्थ्य केन्द्रले आमा र शिशु दुवैलाई डिस्चार्ज गरेको अनि बाहिर आउनेबित्तिकै शिशुको मृत्यु भएको उनले बताए । 

स्वास्थ्य केन्द्रका डाक्टर एसके रावतले भने, ‘बच्चाको औंला काट्नका लागि परिवारसँग सहमति लिइएको थियो कि थिएन भन्ने विषयमा अनुसन्धान गरिनेछ । दोषी भेटिएमा सम्बन्धित कर्मचारीविरुद्ध कारवाही चलाइनेछ ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्