
काठमाडौं – अर्जेन्टिनामा १० वर्षीया एक बालिकालाई उनकै दाइले बलात्कार गरेपछि गर्भवती भएकी छन् ।
उत्तरी अर्जेन्टिनाको मिसिओनेस प्रान्तको पोसाडासमा बालिकालाई पेट र ढाड दुखेपछि आमाले अस्पताल लगेकी थिइन् ।
चिकित्सकहरूले ती बालिका आठ महिनाकी गर्भवती रहेकी पत्ता लगाए । त्यसपछि उनले आफूलाई १५ वर्षीय दाइले बलात्कार गरेको बताइन् ।
चिकित्सकहरूले उक्त केस विशेष महिला प्रहरी चौकीमा रिफर गरे । घटनालाई नाबालकहरूकी जज मार्सेला लेइभा र अभियोजनकर्ता मारिया लाउरा आल्भारेजले अनुसन्धान गरिरहेका छन् ।
यी विशेष प्रहरी चौकीहरू लैंगिक हिंसाका पीडितहरूकै लागि खोलिएका हुन् ।
पीडित बालिकाले आफूलाई ठ्याक्कै के भएको हो थाहा नभएको तर दाइले एकपटक बलात्कार गरेको बताइन् । उनले बच्चा जन्माएपछि पढाइ जारी राख्ने बताइएको छ ।
सामाजिक विकास विभागले पीडितका दाइलाई परिवारबाट निष्काशन गरिएको जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, बालिकाकी आमालाई घरमा भइरहेको यौन हिंसाका बारेमा केही पनि थाहा नभएको र छोरी गर्भवती हुँदा उनी स्तब्ध बनिन् ।
बहिनीलाई बलात्कार गरेको आरोप लागेका दाइ नाबालक भएकाले उनीमाथि मुद्दा चलाउन मिल्दैन । उसलाई बाल सुधार केन्द्रमा पठाइएको थियो र अहिले काकीको शरणमा राखिएको छ ।
पीडितका पाँच अन्य दाजुभाइ छन् र ती सबै सान्ता रिता टोलमा बस्छन् ।
एजेन्सी