२५ असार २०८३, बिहीबार

आलमको पक्षमा वरिष्ठ अधिवक्ताहरूको परेड

कात्तिक २७, २०७६
आलमको पक्षमा वरिष्ठ अधिवक्ताहरूको परेड

रौतहट –अफ्ताब आलमलाई मुख्य अभियुक्त किटान गर्दै प्रहरीमा जाहेरी दिने राजपुर बमकाण्डका पीडितलाई प्रलोभन र धम्कीमा बयान फेर्न लगाउने कोसिस भएको छ । प्रहरीले घटनाको साक्षीका रूपमा प्रस्तुत गरेको घाइतेमध्येका गौरीशंकर राम चमारलाई आलम पक्षले बयान फेर्न दबाब दिएको खुलेको छ । 

भारत सीतामढी बैरगनियाका उनी सोमबार बयान फेरिएको लिखित निवेदनसहित जिल्ला अदालत पुगेका थिए । अदालतभित्र चलिरहेको थुनछेक बहस प्रभावित पार्न खटाइएका चमार अदालत परिसरमै पक्राउ परेपछि तथ्य बाहिरिएको छ । 

यसअघि आफू राजपुर बम विस्फोटमा घाइते भएको र भारत गएर उपचार गरेको भन्दै मुख्य अभियुक्त आलमविरुद्ध किटानी जाहेरी दिएका चमारले सोमबार अदालत बुझाउन लगेको निवेदनमा भने सन् २०११ मा स्टोभ पड्किएर घाइते भएको उल्लेख छ । चमारले यो बयान आलमका मान्छेले नै लेखेर आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको बताएका छन् । 

‘चार दिनअघि बैरगनियास्थित घरमै बसिरहेको थिएँ, केही मान्छेहरू आएर जिपमा हालेर लगे । बन्धक बनाएर केही कागजातमा हस्ताक्षर गर्न लगाए,’ मंगलबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै चमारले भने, ‘सोमबार सोही समूहले बैरगनिया पेटल चोकमा ल्याएर छाड्यो । त्यहाँबाट राजपुरका शेख नौसादले मोटरसाइकलमा राखेर आलमको घरमा पुर्‍याए । दिउँसो १ बजेतिर उनैले अदालतनजिक छाडेर फर्किए ।’

२७ चैत ०६४ को विस्फोटमा चमारको दुवै कान गुमेको छ भने अनुहारको तल्लो भागदेखि छातीसम्म पूर्ण रूपमा जलेको छ । यससअघि २१ कात्तिकमा पनि अर्का साक्षीको बयान परिवर्तन गर्ने प्रयास भएको थियो । विस्फोटमा मारिएका मोहम्मद ओसी अख्तरकी पत्नी अमना खातुनलाई ‘पति वैदेशिक रोजगारीमा गएर नफर्किएको’ झुटो निवेदन इजलासमा पेस गर्न लगाइएको थियो । तर, अदालतले निवेदन दर्ता गरेन । जब कि अमना आफैँले ०७४ मै ओसीको मृत्युदर्ता प्रमाणपत्र बनाएर आलमलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएकी थिइन् ।  नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्