११ असार २०८३, बिहीबार

अमेरिकाद्वारा सिरियाविरुद्ध क्षेप्यास्त्र प्रहार

कात्तिक २०, २०७४
अमेरिकाद्वारा सिरियाविरुद्ध क्षेप्यास्त्र प्रहार

काठमाडौं, २५ चैत — अमेरिकाले सिरियाको एक एयर बेसमा शुक्रवार क्षेप्यास्त्र प्रहार गरेको छ । सिरियाली सरकाले विद्रोहीहरूको कब्जामा रहेको एक शहरमा रासायनिक आक्रमण गरेको प्रतिक्रियास्वरूप यो आक्रमण गरिएको हो ।


अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ५९ टोमाहक क्रुज क्षेप्यास्त्रहरू सिरियाको स्थानीय समयअनुसार बिहान ४ बजेर ४० मिनेट जाँदा प्रहार गरिएका थिए ।

टेलिभजिनबाट सम्बोधन गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रासायनिक आक्रमण प्रहार गरिएको ठाउँमै आफूहरूले प्रहार गरेको बताए । उनले सबै सभ्य देशहरूलाई सिरियाको द्वन्द्व अन्त्यका लागि प्रयास गर्नुपर्ने बताए ।

मंगलवार इद्लिब प्रान्तको खान शेखूनमा गरिएको रासायनिक आक्रमणमा बालबालिकासहित दर्जनौं नागरिकको ज्यान गएको थियो ।

सम्बोधनका क्रममा ट्रम्पले सिरियाली राष्ट्रपति बशर अल–असदलाई तानाशाहको संज्ञा दिँदै निर्दोष नागरिकमाथि भयावह रासायनिक आक्रमण गरेको बताए ।

रासायनिक हतियारको प्रयोगलाई रोकथाम गर्ने अमेरिकाको महत्त्वपूर्ण राष्ट्रिय सुरक्षा स्वार्थका लागि आफूले काम गरेको ट्रम्पले बताए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्