
काठमाडौं, २४ चैत - बुधवार कान्तिपुर दैनिकको पहिलो पृष्ठमा राष्ट्रपति विद्यादेवि भण्डारी र उनकी आमा सँगै उभिएको तस्वीर प्रकाशित भयो । राष्ट्रपति कि आमाले कहाँ के गर्छिन ? अरु परिवारले के गर्छ भन्ने कुरा धेरैको चासोको विषय हुन सक्छ । तर सो तस्वीरको चर्चा सामाजिक सञ्जालमा खासै सुनिएन ।
समाचार अनुसार भण्डारीकी आमा मिथिला पाण्डे सुनसरीको बराह क्षेत्रको बृद्धाआश्रममा एक दशक भन्दा लामो समयदेखि बस्दै आएकी रहिछन् । उनी आश्रय लिने बृद्धाको रुपमा चाहिँ त्यहाँ बसेकी होइनन् । उनी बराह क्षेत्रमा आफैले बृद्धाआश्रम खोलेर बसेकी हुन् ।
बराह क्षेत्रको चतरामा रहेको श्रीराम शानितकुञ्ज अनाथ महिला सेवा केन्द्र आश्रममा भण्डारीले आमा पाण्डेलाई भेटेकी थिइन् । उक्त आश्रमको संस्थापक अध्यक्ष पाण्डे हुन् । अन्य कार्यक्रमको शिलशिलामा सुनसरी पुगेकी भण्डारी आमालाई भेट्न गएकी थिइन् । केहीबेर आमासँग उभिएकी भण्डारीले त्यहाँ सञ्चो विसन्चो समेत सोधेक थिइन् ।