काठमाडौं – भूत जस्तै बनेर प्रांक भिडियो बनाउँदा ७ पक्राउ परेका छन् । रगत लतपतिएको र सेतो कपडा लगाएर मानिस तर्साउँदै प्रांक भिडियो बनाउने युट्युबरलाई प्रहरीले पक्राउ गरेको हो ।
यो घटना भारत स्थित बैंगलोरको हो । त्यहाँको सडकमा ७ जना युट्युबर्सले भुतको नक्कल गर्दै मानिस तर्साइरहेका थिए । उनीहरूले ति मानिसहरूको प्रतिक्रिया रेकर्ड गर्न लागेको बताइएको छ ।
उनीहरू प्रहरी नियन्त्रणमा परेपछ प्रांक भिडियो इन्टरनेटमा भाइरल भएको थियो भाइरल भिडयोमा भूत जस्तै कपडा पहिरिएर युवाहरू देखि अटोरिक्शा चालक तथा मोटर चालक भागेको देखिन्छ ।
अहिले ती युट्युबर्सलाई जमानतमा छोडिएको बताइएको छ । एजेन्सी