१२ असार २०८३, शुक्रबार

अबको २० वर्षमा क्रिस्चियनभन्दा मुसलमान बच्चा बढी जन्मिने

कात्तिक २०, २०७४
अबको २० वर्षमा क्रिस्चियनभन्दा मुसलमान बच्चा बढी जन्मिने

काठमाडौं, २५ चैत — अबको २० वर्षमा क्रिस्चियनभन्दा मुसलमान बच्चाहरूको संख्या बढ्ने पिउ रिसर्च सेन्टरको अनुसन्धानले देखाएको छ ।


बुधवार सार्वजनिक भएको रिपोर्टमा इस्लाम संसारको सबभन्दा तीव्र गतिमा बढ्ने धर्मका रूपमा देखापरेको प्रस्ट संकेत पाइएको छ ।

‘सन् २०१० र २०१५ को बीचमा संसारभरि जन्मेका बच्चाहरूमा करीब ३१ प्रतिशत मुसलमान थिए र यो सन् २०१५ को मुसलमानको जनसंख्या (२४ प्रतिशत) भन्दा एकदमै धेरै हो,’ अनुसन्धानकर्ताहरूले पाए ।

‘बीस वर्षभन्दा कम समयमा मुसलमान बच्चाको संख्या क्रिस्चियनको भन्दा निकै बढी हुनेछ,’ अनुसन्धानकर्ताहरूले सुनिश्चित गरे ।

आफूलाई क्रिस्चियन भनी चिनाउनेहरू प्रायः क्रिस्चियन हुने र मुसलमानहरू चाहिँ युवापुस्ता रहेको अनुसन्धानकर्ताले पाए ।

कुनै पनि धर्मसँग जोडिएको देखाउन नचाहनेहरूले चाहिँ कम बच्चा पाइरहेको देखिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्