
एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
बंगलादेशमा बिहीवार भएको फाइनल भिडन्तमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
नेपाली महिला टोली २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा विजयी भयो ।
नेपाली महिला भलिबललाई ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने क्रममा नेपाली टोली प्रतियोगिताभर अपराजित रह्यो ।