२६ जेठ २०८३, मंगलबार

नेप्से परिसूचक झिनो अंकले वृद्धि

कात्तिक २८, २०७६
नेप्से परिसूचक झिनो अंकले वृद्धि

बुधवार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार भने पुनः झिनो अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.७९ विन्दुले बढेर १ हजार १३५.९५ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ०.११ विन्दुले घटेर २५०.०६ विन्दुले घटेको छ । 

नेप्से झिनो अंकले बढेपनि कारोबार रकम पनि औसतमा सीमित रहेको छ । कूल १६३ कम्पनीको ८ लाख ३३ हजार ८३१ कित्ता शेयर २२ करोड ८३ लाख ५७ हजार ४९३ मूल्यमा खरीद बिक्री भए । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीवार ४ उपसमूहको शेयर ओरालो लाग्दा ८ उपसमूहको शेयर भने बढेको छ । होटल २.५८, विकास बैंक १.३६, अन्य १.२६ र लघुवित्त ६.७ विन्दुले ओरालो लागेको छ ।

बैंकिङ १.३८, व्यापार २२.४४, जलविद्युत् ०.५६, वित्त ४.०४, निर्जीवन बीमा ८.७६, उत्पादन १.४१, जीवन बीमा १३.५९ र सामूहिक लगानी कोष ०.१५ विन्दुले बढेको छ ।

कारोबारका आधारमा बिहीवार एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ४ करोड २९ लाख ६८ हजार ३७ रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

नेपाल बैंक लिमिटेड १ करोड ३३ लाख ५८ हजार ५१३, हिमालयन डिस्टिलरी १ करोड ३१ लाख ८९ हजार ३००, एनआईसी एसिया बैंक ८७ लाख ७९ हजार ५९७, कृषि विकास बैंकको ७७ लाख ९९ हजार ४५७ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा साल्ट ट्रेडिङ लिमिटेडका शेयरधनीले ९.९१ प्रतिशतले कमाउँदा पाँचथर पावर कम्पनी ९.६८, गुडविल फाइनान्स ६.९२, राधी विद्युत् कम्पनी ६.३८, दिव्यश्वरी हाइड्रो पावर ६.१२ र हिमालयन पावर पार्टनरका शेयरधनीले ५.९३ प्रतिशतले कमाए ।

ग्लोबल आईएमई समुन्नत स्किम एक ५.६६, आँखु खोला जलविद्युत् कम्पनी ५.२६, रिडी हाइड्रो पावर ५.१२, सुमन्नत लघुवित्त वित्तीय संस्था ४.९१, पञ्चकन्या माई हाइड्रो पावर ४.५४ र नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३.७७ प्रतिशतले गुमाए ।

salt training

कमेन्ट गर्नुहोस्