१६ असार २०८३, मंगलबार

संशोधन पारित गरेर एकै चरणमा निर्वाचन गर्न कांग्रेसमा माग

कात्तिक २०, २०७४
संशोधन पारित गरेर एकै चरणमा निर्वाचन गर्न कांग्रेसमा माग
काठमाडौं २५ चैत्र - नेपाली काग्रेसका केन्द्रीय सदस्य र सांसदहरुले संविधान संशोधन विधेयक पारित गरेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न माग गरेका छन् ।
संसद भवन नयाँ वानेश्वरमा शुक्रवार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा बोल्ने सदस्यहरुले

चुनाव एकै चरणमा पर्नुपर्ने बताएका हुन् । केन्द्रीय सदस्य रामकृष्ण यादव, फर्मुल्लाह मन्सुर लगायत केन्द्रीय सदस्य र सांसदहरुले एकै चरणमा निर्वाचन गर्नुपर्ने बताएका हुन् ।
‘मधेसका समस्याको समाधान र संविधानको स्वीकार्यता बढाएर एकै चरणमा चुनाव गनुपर्छ भन्ने आवाज उठेको छ’ सांसद यादवले लोकान्तरसँग भने ।

स्थानीय तहको चुनावी घोषणा पत्रमा सुझाव संकलन गर्न बोलाइएको बैठकमा सदस्यहरुले गाउँका समस्या समाधान गर्ने र जनमुखी कार्यक्रम घोषणा पत्रमा राख्न सुझाव दिएका छन् । बैठकमा सभापति शेरबहादुर देउवा लगायतका नेताहरु उपस्थित छन् ।

salt training

कमेन्ट गर्नुहोस्