
विस्फोटमा घाइते भएका आफ्नै सहयोगीलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको अभियोग लागेका सांसद आफ्ताब आलममाथिको थुनछेक बहस सकिएको छ ।
एक साताभन्दा बढी समयदेखि जारी बहस शुक्रवार सकिएको हो । केहीबेरमा आदेश आउने जिल्ला अदालत रौतहट स्रोतले जानकारी दियो ।
अदालतको आदेश आजै आउने भएपछि रौतहटको सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत आसपासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।