२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्री ओली आज अस्पताल जाँदै

कात्तिक ३०, २०७६
प्रधानमन्त्री ओली आज अस्पताल जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि शनिबार पुन: ग्रान्डी अस्पताल जाने भएका छन् ।

उनले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘फलोअप’ का लागि अस्पताल जान लागेको जानकारी गराएका छन् । ‘भोलि (शनिबार) फलोअपका लागि अस्पताल जाँदै छु, मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नुपर्नेछ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘डाक्टरहरूले बोलाएका छन्, अरू जाँच पनि हुन्छ होला ।’

बालुवाटारमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली । तस्बिर : कबिन अधिकारी/कान्तिपुर

सामान्यतया मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा स्टेन्ट हाल्ने गरिन्छ । यसले पिसाब नलीलाई खुला राख्न मद्दत गर्छ । गत कात्तिक १२ र १३ गते डायलसिस गर्दा ओलीको मिर्गौलामा उक्त स्टेन्ट हालिएको थियो । त्यसपछि उनी डाक्टरहरूको नियमित निगरानीमा रहे पनि अस्पताल गएका थिएनन् । शनिबार मिर्गौलाबाट स्टेन्ट निकालिनुका साथै अरू नियमित जाँच पनि हुने ओलीले मन्त्रिपरिषद् बैठकलाई जानकारी दिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्