एक युवकले प्रेमिकाले धोका दिएको भन्दै आत्महत्या गरेका छन् ।
युवकले मर्नु अघि बनाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो घटना भारतको एक शहरको हो ।
एजेन्सीका अनुसार, एक युवक र युवती दुवै एउटै कार्यालयमा काम गर्दथे । दुबैको बीचमा बिस्तारै प्रेम हुन थाल्यो । उनीहरू एकअर्कालाई धेरै नै माया गर्थे । युवतीले युवकसँग बिस्तारै पैसा माग्न थालिन् । उनले पटकपटक १ लाख २ लागका दरले पैसा मागेको बताइएको छ ।
उनले पछि सात लाखसम्म मागेको बताइएको छ । बिस्तारै युवतीले युवकलाई नकार्न थालिन् । युवकले पनि आफूले दिएको पैसा फिर्ता माग्न थाले। युवतीले पैसा मागे बलात्कारको मुद्दा दर्ता गरिदिने धम्की दिन थालिन् । पछि युवकले आत्महत्या गरे । ती युवकले आत्महत्या गर्नुअघि एक भिडियो बनाएका थिए । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।