०८ साउन २०८३, शुक्रबार

उपनिर्वाचनको नतिजा जनमत सङ्ग्रह जस्तै – प्रदीप पौडेल

उपनिर्वाचनको नतिजा जनमत सङ्ग्रह जस्तै – प्रदीप पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यका लागि पनि जनमत जाहेर गर्न उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन्।

स्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत आइतवार पोखरा महानगरपालिका–३३ मा घरदैलोमा सहभागी बन्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

सरकार लोकतान्त्रिक संविधानका विपरीत अघि बढेको बताउँदै उनले न्यायालयलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रता हनन् गर्ने जस्ता कार्यमा उद्यत रहेको धारणा राखे। पार्टीले चुनाव प्रचारप्रसारका क्रममा आइतवार पोखरा महानगरपालिका–३३ भरतपोखरीमा आफ्नो घरदैलो गरेको छ ।

काँग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेलले ८८ वर्षीय होमनाथ आचार्यबाट आशीर्वाद लिएर पोखरा–३३ मा घरदैलो शुरू गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्