०९ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले भने : देशको सिमाना रक्षा गर्न सरकार सक्षम छ

मंसिर २, २०७६
प्रधानमन्त्री ओलीले भने :  देशको सिमाना रक्षा गर्न सरकार सक्षम छ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रस्ट पारेका छन् ।

मित्रराष्ट्र भारतले हालै प्रकाशित गरेको भारतको नक्सामा नेपालका केही भूभाग अतिक्रमण गरेको विषयमा विभिन्न टिकाटिप्पणी र विरोध भइरहँदा प्रधानमन्त्री ओलीको यस्तो भनाइ सार्वजनिक भएको हो ।  

काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको भेला उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सिमाना रक्षा गर्न सक्षम रहेको बताए ।

मुलुकको सिमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै एकजुट भएर एकताको सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री ओलीले बताए । गोरकापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्