१८ असार २०८३, बिहीबार

आलम आतंक : मुद्दा चलाउने रौतहटका सरकारी वकिलको मकवानपुर सरुवा

मंसिर २, २०७६
आलम आतंक : मुद्दा चलाउने रौतहटका सरकारी वकिलको मकवानपुर सरुवा

आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाउने मोहम्मद अफ्ताब आलमविरुद्ध मुद्दा चलाउने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता फणीन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ । आइतबार उनको सरुवा भएको हो ।

असुरक्षा महसुस भएको भन्दै उनले सरुवा मागेका थिए । आलम कारागार चलान भएलगत्तै शुक्रबार नै उनी जिल्ला छाडेर काठमाडौं आएका थिए ।

मकवानपुरका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद भट्टले केही दिनपछि अनिवार्य अवकाश पाउन लागेकाले रिक्त हुने स्थानमा कटवाललाई सरुवा गरिएको हो । रौतटहमा भने विशेष सरकारी वकिल कार्यालयमा कार्यरत सुवासकुमार भट्टराईलाई खटाइएको छ । 

त्यस्तै, ०६५ सालमा आलमविरुद्ध मुद्दा नचल्ने निर्णय गर्ने रौतहटका तत्कालीन सरकारी वकिल धु्रवमणि ज्ञवालीको वीरगञ्जबाट सुर्खेत सरुवा भएको छ । उनी उच्च सरकारी वकिलको कार्यालय वीरगन्जमा कार्यरत थिए । आलमको मुद्दा उच्च अदालतमा जाने र ज्ञवालीले नै बहस गर्नुपर्ने भएकाले उनलाई उच्च सरकारी वकिल कार्यालय सुर्खेत सरुवा गरिएको छ । उच्च सरकारी वकिल कार्यालय वीरगन्जमा विशेष सरकारी वकिल कार्यालयमा कार्यरत कृष्णमोहन कोइरालालाई पठाइएको छ । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्