काठमाडौं, ५ पुस – पछिल्लो समय चर्चामा रहेका अभिनेता नाजिर हुसेन र ड्रिम्स नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह एकसाथै देखिने भएका छन् ।
शिशिर राणाले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र तिमीसँग मा नजिर र साम्राज्ञीका साथै आकाश श्रेष्ठले पनि अभिनय गर्नेछन् । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित हुने जनाइएको छ ।

ड्रिम्स हेरेपछि साम्राज्ञीसँग स्क्रिन सेयर गर्न मन लागको बताएका नाजिर साम्राज्ञीसँग काम गर्न पाउँदा खुसी देखिएका छन् ।
चलचित्रको पुस १५ देखि नेपालका विभिन्न स्थानमा छायांकन हुनेछ ।