
तपाईंले प्रायः अफिस जाँदा ट्राफिक जामको समस्या बेहोर्नुपरेको होला । जरूरी काम लिएर कुनै ठाउँमा पुग्नुपर्ने अवस्थामा ट्राफिक जाममा फँस्नुपर्दा के हालत होला ?

तर ट्राफिक जामबाट मुक्ति पाउने एउटा कार निर्माण भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित ल्यान्कास्टर शहरमा एउटा कार ट्राफिक जाममा फँसेका कारहरू माथिबाट गुड्न थाल्यो ।
यो कार देखेर सबैजना छक्क परे ।

खासमा यो कारमुनि एक हाइड्रोलिक सिस्टम लगाइएको छ जसले गर्दा यसका पांग्राहरू जमीनबाट निकै माथि उठ्छन् । अनि त कारले सजिलै अरू कारमाथिबाट गुज्रँदै अगाडि बढ्न सकिहाल्यो ।
एजेन्सी