२० असार २०८३, शनिबार

यो देशमा गाईलाई खतरनाक जनावर मानिन्छ, किन ?

कात्तिक २०, २०७४
यो देशमा गाईलाई खतरनाक जनावर मानिन्छ, किन ?

हिन्दूहरूका लागि गाई पूजनीय जनावर हो । गोमातालाई सम्मान गरिन्छ नेपाल र भारतमा ।


तर बेलायतमा गाईलाई खतरनाक जनावर मानिन्छ । त्यहाँ गाईको तौलका कारण उसलाई खतरनाक मानिएको हो ।

एक टनभन्दा बढी तौल भएका जनावरलाई बेलायतमा खतरनाक मानिन्छ ।

भारी वजन भएको जनावरले कसैलाई पनि ठोक्दिन सक्छ वा कुल्चिन सक्छ ।

लन्डनको हेल्थ एन्ड सेफ्टी एक्जेक्युटिभले जारी गरेको आँकडा अनुसार बेलायतमा पछिल्ला १५ वर्षमा गाईले ७४ व्यक्तिको ज्यान लिइसकेको छ ।

त्यही कारणले गर्दा गाईलाई खतरनाक जनावरको सूचीमा राखिएको हो ।

उक्त संस्थाले किसानहरूलाई सार्वजनिक बाटोमा गाई नछोड्न सल्लाह दिएको छ । यसबाट दुर्घटना कम हुने उसको विश्वास छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्