३१ जेठ २०८३, आइतबार

वडाध्यक्ष साह २१ हजार घुससहित अख्तियारको नियन्त्रणमा

वडाध्यक्ष साह २१ हजार घुससहित अख्तियारको नियन्त्रणमा

मोरङको जहदा नगरपालिका–१ का वडाध्यक्ष उमेशकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष साहले स्थानीय हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको सडक ग्राभेल गर्ने भन्दै सेवाग्राहीसँग घुस लिएपछि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 

वडा कार्यालयबाटै पक्राउ परेका वडाध्यक्ष साहमाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्