३१ जेठ २०८३, आइतबार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरू गरेको छ ।

नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउने छन् ।

जेसीबीको नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि दमौली नगरपालिकाका मेयर वैकण्ठ न्यौपानेले गरेका थिए । यस क्षेत्रमा विकास निर्माणको कामले तीव्रता पाएसँगै निर्माण व्यवसायीलाई सहज र सुलभ सेवा दिनका लागि जेसीबीले आधिकारिक आउटलेट शुरू गरेको बीएस सप्लायर्सका प्रबन्ध निर्देशक कृष्णराज पण्डितले बताए ।

‘अहिले देशका युवा विदेशिएका छन् तर विकास निर्माणको काम तीव्र गतिमा भइरहेको छ । विकास निर्माण अब मानवले होइन मेसिनबाट मात्र सम्भव छ,’ उनले भने, ‘वर्षौंदेखिको स्थापित ब्रान्ड भएकै कारणले हामीले जेसीबीको आउटलेट शुरू गरेका हौं । नेपालमै सबैभन्दा विश्वासिला ब्रान्डसँग आवद्ध हुन पाउँदा हामी गौरवान्वित छौं ।’

जेसीबीले नेपालमा १६ वटा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेल्धुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, पश्चिम रुकुम, सर्लाही र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक बिक्री केन्द्र सञ्चालन भइसकेका छन् ।

जेसीबीका मेसिनको संख्या बढी रहेका नेपालका अन्य ग्रामीण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य राखेको जेसीबीका सिनियर सेल्स म्यानेजर कञ्चन सिलवाले बताए ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ ।

जेसीबीले बिक्रीलाई होइन, बिक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

salt training

कमेन्ट गर्नुहोस्