३१ जेठ २०८३, आइतबार

भाषामा गल्ती गर्दा प्रेम सम्बन्ध बिग्रने अध्ययनको निष्कर्ष

भाषामा गल्ती गर्दा प्रेम सम्बन्ध बिग्रने अध्ययनको निष्कर्ष

हिज्जे मिलाउन जान्ने, आफ्नो प्रोफाइलमा शुद्धाशुद्धि मिलाउने र सही व्याकरण उपयोग गर्न जान्ने भएमा तपाईंले डेटिङ साइटमा राम्रो जोडा फेला पार्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ । 

अनुसन्धाताहरूले अन्लाइन डेटिङ सर्भिसका सदस्यहरूसँग सम्पर्क गरेर उनीहरूलाई भाषिक अशुद्धि भएको अनि नभएको दुईथरी फेक प्रोफाइलहरू पढ्न लगाए । 

नेदरल्यान्ड्सको एक डेटिङ साइटमा ८०० भन्दा बढी मानिसहरूमाथि गरिएको अनुसन्धानमा हिज्जेमा गल्ती गर्ने मानिस लापरवाह र मसिनो कुरामा ध्यान नदिने खालको हुने धारणा बन्छ भन्ने कुरा पत्ता लाग्यो । 

‘अन्लाइन डेटिङमा कोही मानिस साना कुरामा ध्यान नदिने खालको भेटिएमा ऊ डेटिङ प्रोफाइल बनाउँदा समेत प्रयास गर्न अनि चासो राख्न अल्छी मानिन्छ । अनि उसलाई अनाकर्षक मान्ने गरिन्छ,’ अध्ययन प्रतिवेदनकी लेखिका टेस भान देर जान्देनले बताइन् । 

तर हिज्जे मिलाउन नजान्ने केही मानिसका लागि आशाको ठाउँ चाहिँ छ । अध्ययनमा भाग लिएका ३३.५ प्रतिशत सहभागीले मात्र प्रोफाइलको पाठमा गल्ती भेटे । 

तर गल्ती पत्ता लगाउनेहरूले चाहिँ कोही आकर्षक छ कि छैन भन्ने कुरामा भाषा महत्त्वपूर्ण हुने बताए । 

अनुसन्धाताहरूले फेक प्रोफाइलमा औसत रूपमा आकर्षक मानिसहरूको तस्वीर उपयोग गरे किनकि अत्यन्तै आकर्षक मानिसको तस्वीर राख्दा परिणाममा भिन्नता आउन सक्ने सम्भावना थियो ।

अध्ययनको निष्कर्ष जर्नल अफ सोसियल यान्ड पर्सनल रिलेसनशिपमा प्रकाशित गरिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्