२३ जेठ २०८३, शनिबार

मन्त्रिपरिषद हेरफेर अन्तिम समयमा आएर रोकियो, मन्त्रीहरू दिनभरि अलपत्र

मन्त्रिपरिषद हेरफेर अन्तिम समयमा आएर रोकियो, मन्त्रीहरू दिनभरि अलपत्र
फाइल फोटो

बुधवार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी अन्तिम समयमा आएर रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली दिनभर नेकपा सचिवालय बैठकमा व्यस्त रहनुपरेको तथा साँझ एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुपरेकाले मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भएको हो ।

मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधवार मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको भन्दै सार्वजनिक कार्यक्रममा सहभागी नहुन आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको व्यस्तताका कारण बुधवार सपथ ग्रहण हुन नसकेको जानकारी दिए ।

नवनियुक्त मन्त्रीहरूका लागि राष्ट्रपति कार्यालयमा बुधवारै सपथ ग्रहणको तयारी पनि मिलाइएको थियो । 'हामी जतिबेला सपथ ग्रहण गराउने भनेपनि तयार छौं,' राष्ट्रपति कार्यालयका एक कर्मचारीले भनेका थिए । तर सपथ ग्रहणको काम अन्तिम समयमा आएर रोकिएको छ ।

प्रधानमन्त्रीको आग्रहअनुसार बुधवार कोही पनि मन्त्री औपचारिक कार्यक्रममा सहभागी भएनन् ।

मन्त्रिपरिषद्बाट बिदाइ हुने सूचीमा रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री उपस्थित नभएपछि बुधवारका लागि तय भएको संसद्को राज्य व्यवस्था समिति बैठक स्थगित भयो । अन्य मन्त्रीहरू पनि औपचारिक कार्यक्रममा सहभागी भएनन् ।

‘दिनभर उहाँहरू बालुवाटारको बैठक कुरेर र समाचार हेरेर बस्नु भयो,’ बाहिरिने सूचीमा रहेका एक मन्त्रीका स्वकीय सचिवले भने ।

मन्त्री पदबाट बाहिरिने सूचीमा रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पछिल्ला दिनमा मन्त्रालय गएका छैनन् भने मंगलवार मन्त्रिपरिषद् बैठकमा समेत अनुपस्थित रहे । उद्योगमन्त्री यादवका सहयोगीले यादव निर्णय कुरेर बसिरहेको प्रतिक्रिया दिए ।

मन्त्रिपरिषद पुनर्गठनको चर्चापछि बुधवार अधिकांश मन्त्री  मन्त्रालयमा उपस्थित भएनन् । सिंहदरवार पुगेका केही मन्त्री पनि छोटो समय बसेर बाहिरिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्