
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जारी गरेको एक प्रतिवेदनमा मध्यपूर्व देशहरू मध्ये इरानसँग सबैभन्दा धेरै मिसाइल रहेको बताइएको छ ।
अमेरिकी सेनालाई खुफिया जानकारी गराउने संगठन डिफेन्स इन्टेलिजेन्स एजेन्सीले मंगलवार ‘इरान मिलिटरी पावर’ नामको एउटा प्रतिवेदन जारी गरेको छ ।
रिपोर्टका अनुसार रणनीतिक हिसाबले अमेरिका, इजरायल र साउदी अरबभन्दा आफूलाई बलियो बनाउने उद्देश्यका साथ इरानले ब्यालेस्टिक मिसाइलहरू जम्मा गरेर राखेको छ ।
उक्त प्रतिवेदनमा इरानमाथि नाकाबन्दी लगाएका कारण आधुनिक एयरफोर्स बनाउन सफल नभएको उल्लेख छ । यद्यपि पछिल्लो समयमा इरानले हतियार बनाउन धेरै खर्च गरेको छ ।
एजेन्सी