२२ जेठ २०८३, शुक्रबार

२० हजार घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ

२० हजार घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो । 

जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई मालपोत कार्यालय परिसरबाट नै अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्