०४ असार २०८३, बिहीबार

भक्तपुरको चुनावी घरदैलोमा पुगेर वामदेवले भने– 'उपनिर्वाचनमा देशभर नेकपाले जित्दैछ'

भक्तपुरको चुनावी घरदैलोमा पुगेर वामदेवले भने– 'उपनिर्वाचनमा देशभर नेकपाले जित्दैछ'

नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले मंसिर १४ गते हुने उपनिर्वाचनमा देशभर नेकपाले जित्ने दाबी गरेका छन् ।

विकास र समृद्धिको नेतृत्व नेकपाले गर्ने भन्दै उनले सूर्य चिह्नमा मतदान गर्न आग्रह समेत गरे ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा हुन गइरहेको प्रदेशसभा निर्वाचनमा नेकपाका उम्मेदवार डीपी ढकालको चुनावी घरदैलो कार्यक्रमलाई चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा सम्बोधन गर्दै नेता गौतमले समृद्धिको नेतृत्व नेकपाले गर्ने बताएका हुन् । 

‘देशभर नेकपाले चुनाव जित्दैछ, भक्तपुरमा विकास र समृद्धिको कुरा नेकपाले पूरा गर्छ,’ गौतमले भने, ‘डीपी ढकाललई भोट दिएर जिताउने जिम्मा तपाईंहरूको, उहाँले अगाडि सारेका योजना पूरा गर्ने जिम्मा नेकपाको ।’

प्रतिनिधि सभाका सांसद महेश बस्नेत र प्रदेश सभामा जितेर गएपछि डीपी ढकाल समेत मिलेर यस निर्वाचन क्षेत्रलाई नमूना बनाउने विश्वास गौतमले लिए ।

कात्तिक २१ गते ढकालको उम्मेदवारी मनोनयनमा पनि गौतम उपस्थित भएर भक्तपुरमा नेकपाको जित सुनिश्चित भएको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्