२३ जेठ २०८३, शनिबार

भारतमा भवनमाथिबाट बर्साइयो पैसा (भिडियो)

भारतमा भवनमाथिबाट बर्साइयो पैसा (भिडियो)

भारतको कोलकातामा एक भवनबाट भारु बर्साइएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

केही मानिसले आयकर विभागको छापा परेपछि भवनमा बस्नेले रुपैयाँ उडाएको अनुमान गरेका छन् ।

भिडियोमा दुई हजार र ५०० रुपैयाँका नोटहरू कार्यालय भवनबाट उडाइएको देखिन्छ । रुपैयाँहरू सडकपेटीमा खस्दा मानिसहरू हाँसेका थिए । 

रुपैयाँ किन झ्यालबाट फालिएको हो भन्ने स्पष्ट छैन । आयकर विभागका अधिकारीहरूले उक्त भवनमा रहेको एक कार्यालयमा छापा मारेको अनि आरोपितहरूले अवैध धन मिल्काएको अनुमान गरिएको छ । 

तर भारतको राजस्व अनुसन्धान निर्देशनालयले यससँग आफ्नो कुनै साइनो नरहेको जनाएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्