२३ जेठ २०८३, शनिबार

किम जोङ–उनले दक्षिण कोरियामा हुने सम्मेलनमा भाग नलिने

किम जोङ–उनले दक्षिण कोरियामा हुने सम्मेलनमा भाग नलिने

दक्षिणपूर्वी एसियाका मुलुकहरूको संगठन आसियानको बैठकमा भाग लिनका लागि दक्षिण कोरियाले पठाएको निमन्त्रणलाई उत्तर कोरियाले अस्वीकार गरेको छ । दुई कोरियाबीचको सम्बन्ध बिग्रेको अवस्थामा बुसानमा हुने सम्मेलनमा भाग लिनुको औचित्य नरहेको उत्तरको सरकारी सञ्चारमाध्यमले जनाएको छ । 

दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तरका नेता किमलाई कार्तिक १९ मा निमन्त्रण पत्र पठाएर आफू आउन नसक्ने भए एक प्रतिनिधिलाई पठाउन अनुरोध गरेको केसीएनए समाचार संस्थाले लेख्यो । 

बुसानमा अर्को साता हुन लागेको सम्मेलनमा आसियान नेताहरूलाई आफूले आतिथ्य दिँदा किम पनि आउन सक्ने मूनले बताए । 

किमले निमन्त्रण अस्वीकार गरेको विषयमा मूनको कार्यालयले कुनै पनि टिप्पणी गरेको छैन । 

किम र मूनबीच पहिले भएका शिखर सम्मेलनमा गरिएका सहमतिलाई दक्षिण कोरियाले पालना नगरेको र अमेरिकामा निर्भर भएको केसीएनएले लेख्यो । 

त्यसैले देखाउनका लागि उत्तर र दक्षिणका नेताहरूको भेटघाट गरिनु अर्थहीन भएको केसीएनएले लेख्यो ।

रोयटर्सबाट

salt training

कमेन्ट गर्नुहोस्