१८ असार २०८३, बिहीबार

केही बेरमै भूतको सहर बन्यो

कात्तिक २०, २०७४
केही बेरमै भूतको सहर बन्यो
खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ। मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन्। के भएको थियो भन्ने प्रमाणको रुपमा सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ बिषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण ७० भन्दा बढीले ज्यान गुमाए। सिरियामा ६ वर्ष पहिले सुरु भएयताको यो सबैभन्दा ठूलो रासायनिक आक्रमण थियो।siriya2-e1491612362473

मंगलबारको आक्रमणपछि मानिसहरु बस्ने घरहरु खाली छन् र इडलिब प्रान्तको यो शहरमा अहिले रकेटका टुक्राहरु अझै छरपष्ट छन्। सन् २०१३ मा दमास्कस नजिकैको विपक्षीको कब्जामा रहेको स्थानमा सरकारले रासायनिक आक्रमण गरेपछि १ हजार बढीको ज्यान गएको थियो ।
त्यसयता सरकारले रसायनिक हतियार प्रयोग छाडेको भनिएको थियो। राष्ट्रपति बसर अल असदका मुख्य सहयोगी रुसले सिरियाली सरकारले विद्रोहीहरुले सञ्चालन गरिरहेको ग्यास उत्पादन गर्ने प्लान्टमा बम आक्रमण गरेको र लगत्तै उक्त ग्यास लिक भएर यो अवस्थामा पुगेको बताइरहेको छ।
तर, रसायनिक आक्रमणलगत्तै घटनास्थल पुग्दा विद्रोहीले सञ्चालन गरेको भनिएको गोदामनजिकै रसायनिक मिसाइल खसेको देखिन्थ्यो। उक्त गोदामसँगै रहेको टावरमा केही क्षति पुगेको थियो र गोदाम पुरै धुलोले पुरिएको थियो, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्