२७ जेठ २०८३, बुधबार

युवा संघ रुपन्देही अध्यक्ष तिवारीको हत्या अभियुक्त मनोज कहाँ छन् ? प्रहरी यसो भन्छ

कात्तिक २०, २०७४
युवा संघ रुपन्देही अध्यक्ष तिवारीको हत्या अभियुक्त  मनोज कहाँ छन् ? प्रहरी यसो भन्छ
काठमाडौं, ५ पुस — युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको आरोप लागेका मनोज पुन भारतमा रहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

सोमबार तिवारीको रुपन्देहीको देबदहमा गोली हानी हत्या भएको थियो । प्रहरीका अनुसार सोमबार दिउँसो चारबजेतिर तिवारीलाई गोली प्रहार भएको थियो ।

प्रहरीले तिवारीको हत्यामा पुनको  संलग्नता रहेको हुन सक्ने जनाएको छ । ‘उसले नेपाल बाहिरबाट आफ्ना साथीहरूलाई फोन गरेर तिवारीको हत्या गरेको बताएको छ,’ रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले लोकान्तरसँग भने, ‘हामीले सम्पूर्ण कल डिटेलहरू हेर्दा उ नेपालमा नभएको देखिन्छ ।’ पाण्डेका अनुसार पुन अहिले पनि भारतमै लुकेर बसिरहेका छन् ।

प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका पुन गत फागुनदेखि लुकेर भारतमा बस्दै आएका छन् । ‘पहिले भारतमा छ भन्ने त हामीलाई थाहा नै थियो,’ पाण्डेले भने, ‘अहिले पनि उ भारतमै लुकेर बसिरहेको छ ।’ पाण्डेका अनुसार घटनामा संलग्नको खोजी कार्य भइरहेको भएपनि अहिले सम्म कोही पनि फेला परेको छैन ।


तिवारीलाई ६ महिनाअघि मनोजले नै उनको इट्टा उद्योगमा गोली प्रहार गरेका थिए । तर, त्यो बेला गोली छलेर बच्न सकेका थिए । पुन माथि कर्तब्य ज्यान सहित ३/४ वटा मुद्दा रहेको प्रहरीले जनाएको छ । उनी भारतमा लुकेर बसेर नेपालमा आफ्ना गतिविधीहरू गर्दै आएका छन् ।

तिवारी हत्यामा उनले आफ्ना गुण्डाहरू लगाएको हुन सक्ने  प्रहरीले जनाएको छ । देबदह ६ का ४० वर्षीय तिवारी केवी आई इटा उद्योगका मालिक थिए ।

salt training

कमेन्ट गर्नुहोस्