
काठमाडौं, पुस ५– हालैमात्रै उद्घाटन भएको चन्द्रागिरी हिल्स प्राइभेट लिमिटेडले केबलकारको टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
कम्पनीले पुस ४ गतेदेखि १४ गतेसम्म ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । छुटअनुसार अब रु साढे तीन सयमै चढ्न सकिनेछ ।
यो छुट शुक्रबार, शनिबार र आइतबार भने उपभोग गर्न पाइने छैन । यस्तै कम्पनीले खाद्य तथा पेय पदार्थमा पनि १५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।