काठमाडौं, चैत २६– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन दुई चरणमा नभई एकै चरणमा गर्नुपर्ने बताएका छन् ।
सत्तारुढ दल काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले दुई चरणमा चुनाव गर्न प्रस्ताव गरिरहेको बेला ओलीले यस्तो बताएका छन् ।
शनिवार आफ्नो स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एकै चरणमा चुनाव गर्नुपर्ने सन्देश प्रम र देउवालाई दिएका हुन् ।
उनले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न हुने समेत दाबी गरे ।
यता प्रधानमन्त्री प्रचण्ड र सत्तारुढ कांग्रेसका सभापति देउवा भने मधेसी मोर्चा सहभागी हुने निश्चित भए दुई चरणमा स्थानीय तहको निर्वाचन गराउन सकिनेमा सहमत भएका छन् ।