अभिनेता तथा निर्माता आमिर खान शुक्रबार सामाजिक सञ्जालमा चर्चामा रहे । कारण दंगल फिल्म थियो ।
जुन दिन दंगल फिल्मका लागि जायरा वसीमलाई राष्ट्रिय फिल्म पुरस्कार मिलेको थियो । त्यसदिन नै आमिर ट्रेण्डमा आए । आमिर पास्तिानमा दंगल फिल्म रिलिज गर्ने मामलामा ट्रेण्डमा आएका हुन् ।

समाचारहरुका अनुसार आमिर आफ्नो फिल्म दंगललाई पाकिस्तानमा रिलीज गर्नका लागि इनसकार गरेका थिए । किनकी पाकिस्तानको सेन्सर बोर्डले फिल्मबाट भारतको राष्ट्रिय गान र राष्ट्रिय झण्डा भएको दृश्य हटाउन भनेको थियो । तर आमिर खानले त्यो शीननै फिल्मको जीवन भएको भन्दै त्यसलाई हटाउन नसकिने बताएका थिए ।
इन्टरनेटमा मानिसहरुले यसै विषयमा जमेर चर्चा गरेका थिए । जसको नतिजा आमिर खान फेसबुक तथा ट्वीटरमा टप ट्रण्डमा आए ।
सामाजिक सञ्जालहरुमा आमिरले राष्ट्रभक्ति देखाएको भन्दै के अव पनि मानिसहरु आमिरलाई पाकिस्तान पठाउन चाहन्छन् भनेर प्रश्न गरेका थिए ।
भारत र पाकिस्तानबीच केहीसमय अघि भएको तनावका कारण हिन्दूवादीहरुले मुस्लिमहरुसँग भारतीय राष्ट्रियता नभएको आरोप लगाएका थिए ।