काठमाडौं, २६ चैत–प्रमुख प्रतिपक्ष नेकपा नेकपा एमालेले नयाँ संशोधन प्रस्ताव नल्याउन सरकारलाई चेतावनी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सबैलाई समेटेर चुनाव गर्न नयाँ संशोधन प्रस्ताव तयार पारेको बताएसँगै एमाले नेता वरिष्ठ नेता झलनाथ खनालले अर्को संविधान संशोधन प्रस्ताव नल्याउन सरकारलाई चेतावनी दिएका हुन् ।
राजधानीमा आयोजित कार्यक्रममा शनिबार अध्यक्ष खनालले भने, ‘संविधान कार्यान्वयन गरेर जाने बेला सरकारले संविधान संशोधन गर्ने एकपछि अर्को असमायिक कदम चालेको लाग्न लागेको छ । यो गल्ती नहोहोर्याउन म आग्रह गर्छु ।’ उनले संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै गर्न उपयुक्त हुने पनि स्पष्ट पारे । उनले तीनै वटै तहको निर्वाचन गर्नु अहिले सिँगै मुलुकको राष्ट्रिय कार्यभार भएको पनि स्मरण गरे ।
यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको नयाँ प्रस्ताव तयार पारेको र त्यो सवैलाई स्विकार हुने बताएका थिए ।