पोखरा, २६ चैत– नेपालको प्रमुख बिमा कम्पनी मध्येको नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ ।
बिमा व्यापार विस्तार गर्ने लक्ष्यका साथ पोखरामा क्षेत्रीय कार्यालय खोलिएको कम्पनीले जनाएको छ । शाखा कार्यालय पोखराको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गरेका हुन् ।
शाखा कार्यालय उद्घाटनको अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले शाखा कार्यालयको विस्तारले यस क्षेत्रमा बिमा व्यवसाय फस्टाउने बताए ।
कार्यक्रममा बोल्दै बिमा समितिका अध्यक्ष चापागाईंले बिमा कम्पनीहरुसँग रहेको ठूलो पूँजीलाई विकास निर्माणको क्षेत्रमा परिचालन गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले वर्तमान अवस्थामा क्षेत्रीय कार्यालयहरुको आवश्यक बढ्दै गएको बताए । साथै साखा कार्यालयको विस्तारले बिमितहरुले सरल र सहजरुपमा बिमा सेवा प्राप्त गर्ने उनको भनाइ थियो ।