१४ असार २०८३, आइतबार

जंगलमा लागेको आगो बस्तीमा पसेपछि...

कात्तिक २०, २०७४
जंगलमा लागेको आगो बस्तीमा पसेपछि...

सोलुखुम्बु, २६ चैत - सोलुखुम्बुको दुधकौशिका नगरपालिका–४ जुवुमा सामुदायिक वनबाट सुरु भएको आगलागी बस्तीमा पुग्दा तीन घर जलेर नष्ट भएका छन् भने एकजना गम्भीर घाइते भएका छन् ।

आज बिहान करिब ११ बजे वनमा सुरु भएको आगलागी दिउँसो २ बजे बस्तीमा पुग्दा दुधकौशिका गाउँपालिका–४ जुवुका रामकुमार गिरी, सन्तोष गिरी र अमर गुरुङको घर तथा रामकुमार गिरीको एउटा बोको बाँधिएको गोठ जलेर पूर्णरुपमा नष्ट भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

आगलागीबाट घर तथा ग्वाली जल्दा रु २२ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

यस्तै ठूलो क्षेत्रफलको जङ्गल पनि जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा स्थानीयवासी ४० वर्षीय टेकबहादुर गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागी अहिले पनि नियन्त्रण बाहिर रहेको छ । बिहान आगो सुरु हुनासाथ प्रहरी तथा स्थानीयवासीले पहल गरिरहेको भए पनि वनमा लागेको आगो अझै नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्