उनको नाम वाङ जाई हो । उनी उमेरले मात्र २४ की भइन् तरपनि यिनको जिम्मेवारी अत्यन्त महत्वपूर्ण छ । उनी अप्ठ्यारो परिस्थितिमा मान्छेहरूलाई बचाउने तथा अपहरणमा परेकाहरूको उद्धार गर्नका लागि दिइने तालिमकी प्रमुख अधिकृत हुन् ।

उनी होहोत रेलमार्ग जनसेवा ब्युरोकी एकमात्र महिला प्रमुख हुन् । उनले प्रतिआतंकवादी तालिम, भीड नियन्त्रण तथा अन्या आकस्मिक अवस्थालाई कसरी व्यवस्थापन गर्ने भन्ने तालिम दिने गर्छिन् ।
त्यसका साथै उनी बन्दुक तथा अन्य प्रहरी सामग्रीलाई कसरी चलाउने भन्नेबारे समेत तालिम दिर्ने गर्दछिन् । सन् २०१३ मा महिलातर्फको अल राउण्ड शूटिङमा च्याम्पियन बन्न सफल भएकी थिइन् उनी । वास्तविक जीवनमा भने वाङलाई किताव पढ्न रुचि भएको चाइना डेलीले जनाएको छ ।