
सुर्खेतबाट दैलेख जाँदै गरेको फोर्स गाडी (माइक्रो बस) दैलेखमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।
बुलबुले यातायात लेखिएको भे१ज १०२९ नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ४ गाईबान्नानजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी २ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि ओलीले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार मृतकको शनाखत हुन सकेको छैन ।
१३ जना घाइतेलाई उपचारका लागि सुर्खेततर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।