१० साउन २०८३, आइतबार

बार्सिलोनामाथि बन्यो नयाँ डकुमेन्टरी : हलिउड अभिनेता जोन माल्कोविचले दिए आवाज

मंसिर १३, २०७६
बार्सिलोनामाथि बन्यो नयाँ डकुमेन्टरी : हलिउड अभिनेता जोन माल्कोविचले दिए आवाज

सुप्रसिद्ध फूटबलर लियोनेल मेस्सी तथा उनको क्लब बार्सिलोनाको बारेमा जान्न मन लाग्नेहरूका लागि नयाँ डकुमेन्टरी बनेको छ । 

म्याचडे शीर्षकको उक्त डकुमेन्टरीमा बार्सिलोनाको सन् २०१८–१९ सीजनको भित्री झलक देखाइएको छ । यसअघि नदेखिएका फूटेजहरू यसमा देखाइएको बताइएको छ । यसको न्यारेसन हलिउड अभिनेता जोन माल्कोविचले गरेका छन् । 

डकुमेन्टरीमा अघिल्लो सीजनका आठ महत्त्वपूर्ण खेलहरूलाई केन्द्रमा राखिएको छ । त्यतिखेर बार्सा ला लिगा उपाधि जितेको अनि च्याम्पियन्स लीगको सेमीफाइनलसम्म पुगेको थियो । 

खेलाडीहरूको लकर रूमभन्दा बाहिरका फूटेजहरू पनि डकुमेन्टरीमा समावेश गरिएका छन् । लुइस सुआरेजको घरमा बार्बेक्यु राखिएको र मेस्सी अनि जोर्डी अल्बा त्यहाँ पुगेको फूटेज पनि छ । 

जेरार्ड पिकेले आफ्नो परिवारसँग समय बिताएको अनि इभान राकिटिचले पाककला देखाएको पनि देख्न पाइन्छ । अनि गोलकीपर मार्क आन्द्रे टेर स्टेगेनले आफ्नो नयाँ घर डिजाइन गरेको विषयमा कुरा गरेका छन् । 

क्लबभित्र क्यामरालाई पहुँच दिने बार्सा पछिल्लो ठूलो क्लब हो । म्यानचेस्टर सिटी र युभेन्टसमाथि डकुमेन्टरी बनिसकेका छन् भने टोटनहमको डकुमेन्टरी अमेजनले बनाइरहेको छ । 

म्याचडेमा ४५ मिनेटका आठवटा शृंखला छन् र त्यो आजदेखि राकुटेन टीभीबाट प्रसारण गरिँदैछ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्