×

NMB BANK
NIC ASIA

मानव बेचबिखनको बिकराल अवस्थाः वर्षमा १३ हजार मानिस हराउँछन्, २ देखि ३ सय मात्र उजुरी !

मंसिर १३, २०७६

NTC
Premier Steels

मानव बेचबिखन अनुसन्धान ब्यूरोले नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी ५० वर्षीया कान्छीमाया तामाङ भनिने कृष्णमाया लामालाई गएको कार्तिक २७ गते पक्राउ गर्‍यो ।

Muktinath Bank

कान्छीमाया पक्राउ पर्नुको कारण ८ वर्षअघिको घटनासँग जोडिएको छ । काठमाडौंको होटलमा काम गर्दै गरेकी अन्दाजी १५ वर्षीया सामना (नाम परिर्वन)लाई वि.सं. २०६८ साल आफ्नो घरमा लगेर पाल्ने भन्दै प्रलोभनमा पारिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

०६८ कै माघ महिनामा त्यहाँबाट निकाल्न सफल भएकी कान्छी मायाले भोमिटिङको औषधि भन्दै बेहोश हुने औषधि खुवाएर भारतको नयाँदिल्लीस्थित कोठीमा पुर्‍याइन् ।


Advertisment
Nabil box
Kumari

सामनालाई नयाँदिल्लीमा एक महिनासम्म बन्धक बनाएर बयस्क हुने औषधि र सुई लागाई दिल्लीकै कोठी नम्बर ५११ मा दुई वर्षसम्म, कोठी नम्बर ६४ मा दुई वर्षसम्म र कोठी नम्बर ४० मा केही समय राखेर यौनधन्दामा लगाएको खुल्न आयो । सामनालाई कान्छीमायाले भारतीय रुपैयाँ १० हजारमा बेचेको प्रहरी अनुसन्धानमा पत्ता लागेको छ ।

Vianet communication

नुवाकोटकै किस्पाङ गाउँपालिकाकी राममाया तामाङ (नाम परिवर्तन) ले पति हरि (नाम परिर्वतन) लाई २०७५ भदौ २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तुर्कमिनिस्तान बिदा गरिन् ।

पैसा कमाउने र बालबच्चालाई राम्रोसँग शिक्षादिक्षा दिने दुवैको योजनासहित पति विदेश लागे र पत्नी घर नुवाकोटतर्फ लागिन् ।

विदेश उडेको ८/९ महिना हुँदा पनि पतिको फोन आएन । फेसबूक, भाइबर, इमोमा पतिसँग सम्पर्क हुन्छ कि भन्दै प्रयास गरिन् ।

पतिसँग सम्पर्क हुने प्रतिक्षामा रहेकी राममायालाई १ दिन फेसबूकको म्यासेन्जरमा फोन आयो । पतिको फोन आएर खुशी भइन् तर उनको खुशी केही क्षण पनि रहेन ।

युद्धग्रस्त क्षेत्रमा काम पनि नदिई, खान पनि नदिई बन्धक बनाएको र ज्यान बचाउन मुस्किल रहेको भनेर पतिले बताउँदा राममाया बोहोशीकै हालतमा पुगिन् । 

केही क्षणमै फोन काटियो । उनी पतिको ज्यान बचाइदिनुपर्‍यो भन्दै प्रहरी प्रधान कार्यालयस्थित मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिन पुगिन् ।

राममायाका पतिसँगै रसुवाको उत्तरगया गाउँपालिका–१ का दरवाङ्दे तामाङ, मोन लामा, बुद्धिमान तामाङ, बाबुराम तामाङ र बुच्यूङ समेत अन्य ५ जनालाई बन्धक बनाइएको थियो ।

अनुसन्धान ब्यूरोले कुवेती राजदूतावासको सहयोगमा पीडितलाई गत वैशाख २६ गते उद्धार गरी नेपाल ल्यायो ।

वर्षमा १३ हजार मानिस हराउँछन्

राष्ट्रिय मानव अधिकार आयोगले निकालेको प्रतिवेदनको तथ्यांकलाई हेर्ने हो भने नेपालमा वार्षिक २ सयदेखि ३ सयको संख्यामा मानव बेचबिखनको उजुरी पर्ने गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ३ सय ५  र आर्थिक वर्ष २०७५/७६ को चैत्र मसान्तसम्म १ सय ७४ मानव बेचबिखन घटनाहरू उजुरी परेको र  १३ हजार ६ सय ७८ मानिसहरू हराएको छन्, जसमध्ये केबल ४७ प्रतिशत मात्र फेला परेको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदले देखाउँछ ।

मानव बेचबिखनविरुद्ध क्रियाशील नागरिक संगठनहरूले उपलब्ध गराएको तथ्यांकअनुसार सीमा निरीक्षण तथा अनुगमनका क्रममा मात्र १० हजारभन्दा बढी व्यक्तिलाई सीमा नाकाबाट फिर्ता गरिएको  प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महिला बेचबिखनको अवस्था बिकराल 

मानव बेचबिखन अनुसन्धान ब्यूरोको तथ्यांक हेर्दा महिला बेचबिखनको अवस्था बिकराल देखिन्छ । पुरुषको तुलनामा महिला बेचबिखनको संख्या झण्डै ४ गुणाले बढी देखिएको छ । 

पीडित पुरुषको संख्या १ सय १९ हुँदा महिलाको संख्या ४ सय २७ छ । ‘मानव बेचबिखनको मुद्दा हेर्ने हो भने महिलाको अवस्था झन् विकराल छ । 

पुरुषको तुलनामा महिलाको संख्या निकै धेरै छ,’ मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले भने । 

बेचबिखनमा १९ देखि २५ वर्षका युवायुवती बढी

मानव बेचबिखनको तथ्यांकलाई हेर्दा १९ देखि २५ वर्षका युवायुवती सबैभन्दा धेरै छन् । किशोर १८ जना र किशोरी १ सय ५० जना गरी जम्मा १ सय ६८ जना बेचबिखनमा परेका छन् । 

बेचबिखन हुनेमा २६ देखि ३५ वर्षका युवायुवती दोस्रो स्थानमा छन् । ३८ जना युवा र १ सय १० जना महिला गरी १ सय ४८ जना बेचबिखनमा परेको उजुरी ब्यूरोमा आएको छ ।

मानव तस्करले विभिन्न लोभलालच देखाई, औषधि उपचार लगायतका विभिन्न बहानामा मानव बेचबिखन गर्ने गरेको एसएसपी कार्कीले बताए । 

मानव बेचबिखन अनुसन्धान ब्यूरो २०७६ वैशाखमा स्थापना भएपछि ११ वटा मुद्दा दर्ता भएका छन् भने १२ जना पक्राउ परेका छन् ।

भारतका ३ जना, दुबईका ११ जना, लिबियाका ९ जना, कुर्दिस्तानका २ जना, बंगलादेशका २ जना, पाकिस्तानका १ जना र क्यानडाका १ जना गरी २९ जना मानव बेचबिखन गर्ने फरार रहेको बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । 

२०७६ वैशाखयता मानव बेचबिखन ब्यूरोले २ सय ७१ जनाको उद्धार गरेको छ । पुरुष ६६ जना र महिला २ सय ५ जनाको उद्धार गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x