राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज २०२० को घोषणा भएको छ ।
शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी 'वी विल राइज फाउन्डेसन'ले भिडियो च्यालेञ्जको दोस्रो संस्करणको घोषणा गरेको हो ।
सय दिनसम्म चल्ने यस प्रतियोगितामा सहभागी हुन चाहनेले डिसेम्बर १ देखि मार्च ९ तारिखसम्म भिडियो पठाउन सक्नेछन् ।
भिडियो वृत्तचित्रको न्यूनतम गुणस्तर फूल एचडी हुनुपर्ने छ भने समय अधिकतम ५ मिनेटको हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगीहरूले फाउन्डेसनको बेवसाइटमा रजिस्ट्रेसन फारम भरी गूगल ड्राइभबाट भिडियो पठाउन सक्नेछन् ।
आएका भिडियोहरूमध्ये १० विधागत अवार्डका लागि ७० वटा भिडियो छानिनेछन् ।
त्यसमध्ये विधागत रूपमा छानिएका १० उत्कृष्ट भिडियोलाई आगामी अप्रिलमा वृहत कार्यक्रम गरी पुस्कार वितरण गरिने फाउन्डेसनले जनाएको छ ।
हेर्नुहोस्, भिडियो :