०९ साउन २०८३, शनिबार

संविधान संशोधनको मिसन पूरा गर्न सरकारमा आएको हुँ : उपप्रम यादव

मंसिर १३, २०७६
संविधान संशोधनको मिसन पूरा गर्न सरकारमा आएको हुँ : उपप्रम यादव

उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने मिसन पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन् ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र संसदीय पत्रकार समाजसँग शुक्रवार भएको संयुक्त पत्रकार भेटमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यादवले सरकारमा जानुपूर्व भएको संविधान संशोधनको सहमति कार्यान्वयन गर्ने बेला आएको बताए ।

‘संविधान संशोधन मुलुकको आवश्यकता हो, प्रदेशलाई कमजोर बनाएर संघीयता बलियो हँुदैन, पार्टीको मुख्य मिसन नै संविधान संशोधन हो,’ उनले भने । उपप्रधानमन्त्री यादवले वार्ताबाटै समस्या समाधान खोज्ने पक्षमा आफूहरू रहेको बताए ।

कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि संविधान अनुकूलका कानूनहरू कार्यान्वयन भए/नभएको अध्ययन गर्ने र बाँकी रहेका कानूनहरू सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर बनाइने उनको भनाइ थियो । उपप्रधानमन्त्री यादवले संक्रमणकालीन न्यायलाई  पनि आफूले प्राथमिकतामा राखेको उल्लेख गर्दै ऐन संशोधन गर्ने विषयमा ध्यान दिइने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री यादवले मंसिर ९ गते कानून मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका थिए । समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले यही मंसिर ४ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दा स्वास्थ्य तथा जनसंख्याबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्