२५ असार २०८३, बिहीबार

पत्थर देखाएर करोडौं ठग्न खोज्ने ५ जना प्रहरीको फन्दामा

मंसिर १३, २०७६
पत्थर देखाएर करोडौं ठग्न खोज्ने ५ जना प्रहरीको फन्दामा

हीरा जस्तो देखिने पत्थरलाई करोडौं मूल्य पर्ने भन्दै ठग्न खोज्ने ठगहरूको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले शुक्रवार दिउँसो ४ बजे ५ जनाको समूहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६२ वर्षका नवराज खड्का, ३८ वर्षका हरि खापुङ, ३७ वर्षका यमकुमार गिरी, २५ वर्षका लोकबहादुर सार्की, ३३ वर्षका भीमबहादुर लामा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ गरेपछि प्रहरीले खानतलासी गर्दा उनीहरूको साथबाट विभिन्न रंगका मोजनाइट, काइनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एल.बि. डायमण्ड जस्तो पत्थर, फेन्सी डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरु समेत गरी जम्मा ५,०६१.९९ क्यारेट र पहेलो धातुमा जडित औठी ८.९३ ग्राम फेला परेको महाशाखाले बताएको छ ।

पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थलको भन्सार कार्यालय गौचर पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्